रुसले डेनमार्कलाई भोलिदेखि ग्यास नदिने


काठमाडाैं – रुसले डेनमार्कलाई बेच्दै आएको ग्यास बुधवारदेखि बन्द गर्ने भएको छ । यसअघि पोल्यान्ड र बुल्गेरियालाई पनि रुसले ग्यास दिन बन्द गरेको थियो ।

ग्यास रुबलमा किन्नुपर्ने रुसको शर्तलाई डेनमार्कले नमान्दा आपूर्ति बन्द गर्न लागिएको हो । रुसको गाजप्रोमबैंकमा युरो जम्मा गरी त्यसलाई रुबलमा कन्भर्ट गरेपछि मात्र रुसले ग्यास उपलब्ध गराउँछ ।

युरोपका अन्य मुलुकहरूले यसैलाई स्वीकार गरी रुससँग ग्यास किनिरहेका छन् । एजेन्सी

प्रतिक्रिया