यी हुन् सम्पर्कबिहीन जहाजमा चालक दल सदस्य !


काठमाडौं – १९ यात्रुसहित पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान मुस्ताङको लेते नजिकैबाट सम्पर्क बिहीन भएको जनाइएको छ ।

उक्त विमानमा ३ जना चालकदल र १९ यात्रुसहित २२ जना रहेको जनाइएको छ ।

उक्त जहाज क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य उत्सवव पोखरेलले उडाएको जनाइएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको उक्त घटनाको विस्तृत विवरण आइसकेको छैन । सो क्षेत्रमा बाक्लो बादलका कारण सम्पर्कबिहीन भएको हुनाले  जहाजबारे खोजविन सुरु भएको छ । (विस्तृत विवरण आउन बाँकी)

प्रतिक्रिया