आज अपराह्न ४ बजे बजेट भाषण, सांसदहरू ३:४५ अघि नै संसद् भवन पुग्नुपर्ने
काठमाडौँ- आज आइतबार अपराह्न ४ बजेट बजेट भाषण सुरु हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो ।
संसद सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न आग्रह गरेको छ । शनिबार नीति तथा कार्यक्रम संसदमा बहुमतबाट पारित भएसँगै बजेट ल्याउने बाटो खुला भएको हो।