दाेहाेराे अङ्कले घट्याे नेप्से, १ अर्ब २९ करोड रुपैयाँकाे काराेबार


काठमाडाैं – हप्ताको अन्तिम कारोबारकाे दिन आज शुक्रवार शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय २३ दशमलव ७८ विन्दुमा झरेको छ ।

आज होटल र पर्यटनबाहेक सबै समूहको शेयर घटेको छ । नेप्से घटे पनि हिजो बिहीवारको तुलनामा कारोबार रकम भने केही बढेको छ ।

दुई सय २३ वटा कम्पनीकाे ४१लाख ४० हजार कित्ता शेयर एक अर्ब २९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु बैंकको १७ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सात वटा कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरै घटेको छ । बजार घटे पनि रुरु जलविद्युत् परियोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया