
छात्रामाथि भएको यौन दुर्व्यवहारविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडाैं – शिक्षकहरूले छात्रामाथि गरेको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
आज बिहीवार काठमाडाैंकाे माइतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका दुई जना शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा विद्यार्थीले हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएका थिए । उनीहरूले यौन दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
विद्यार्थीले महिला छात्रामाथि कुदृष्टिले हेर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै केही समययता विरोध प्रदर्शन गरिरहेका छन् ।



कागजपत्र |
