धनगढीमा ५१,०६५ मतगणना : स्वतन्त्र उमेदवार हमालको फराकिलो अग्रता


काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५१ हजार ६५ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार गोपाल हमालको फराकिलो अग्रता कायमै छ । उनले २२ हजार ५४१ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडले ११ हजार ५४४ मत ल्याएका छन् । नेकपा (एमाले)का उमेदवार रणबहादुर चन्द ६ हजार ४२४ मतसहित तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा एमालेकी उमेदवार कन्दकला राना १० हजार ८८० मतसहित अगाडि छिन् । नेकपा (माओवादी केन्द्र)की उमेदवार शान्ति अधिकारीले १० हजार ७०२ मत पाएकी छन् । स्वतन्त्र उमेदवार प्रभाकर भण्डारी ६ हजार मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया