ललितपुरमा ६३६८ मतान्तरसहित चिरीबाबुकाे अग्रता कायमै


काठमाडाैं – ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।

२५ हजार २६२ मत गन्दा महर्जनले १३ हजार ६४६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ७०५१ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले ७२७८ मतका साथ अग्रस्थानमा छिन् । माओवादीका बाबुराज बज्राचार्यले ५४०४ मत पाएका छन् ।

प्रतिक्रिया