गलत परिणाम सुनाएपछि रौतहटको ईशनाथमा दलका प्रतिनिधिले लगाए ताला


रौतहट – रौतहटको ईशनाथ नगरपालिकामा गएरातिबाटै मतगणना रोकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्दा त्रुटि देखिएपछि भएको बिवादका कारण रौतहटको ईशनाथ नगरपालिकामा गएरातिबाटै मतगणना रोकिएको हाे ।

अहिले ठुलो सख्यामा मतगणना स्थलमा स्थानीयबासी भेला भएका छन् । विवाद बढेपछि नेकपा (एकीकृत समाजबादी), नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिले मतगणना स्थलको कोठामा ताला लगाएका छन् ।

मतदान अधिकृतको कार्यालय इशनाथले मंगलबार राति वडा नं। ३ को मतगणना सकिएपछि मतपरिणाम सुनाउने क्रममा त्रुटि गरेपछि दलका कार्यकर्ताले बिरोध गरेका हुन् । त्यसपछि मतगणना रोकिएको हो ।

सो वडामा लोसपाका वडाअध्यक्ष रामचन्द्र राउत सहितको प्यानलले जितेको दाबी गरिएको छ । उक्त वडाको दलित महिला सदस्यमा बिजयी भएको एउटा, तर नाम अर्कोको सुनाइएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

अहिले मतगणनास्थल बाहिर ठुलो सख्यामा स्थानीय भेला भएर होहल्ला गरिरहेका छन् । निर्वाचन अधिकृत कृष्णबहादुर उप्रेतीले मतपरिणाम सार्वजनिक गर्ने क्रममा दलित महिला सदस्यको हकमा प्राविधिक त्रुटि भएको स्वीकार गरे ।

वडा नं. ३ को दलित महिला सदस्य पदकी लोसपाका उम्मेदबार कौशल्या देबी र नेकपा एमालेका गायत्री देबीको मतपरिणाम लेखाइमा त्रुटि गरे पछि बिबाद बढेको अधिकृत उप्रेतीले बताए ।

 

प्रतिक्रिया