प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भन्न मिल्दैनः बामदेव गौतम


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधि सभा विघटनको निर्णयलाई अब असंवैधानिक भन्न नमिल्ने बताएका छन्।

विहीबार राष्ट्रिय सभालाई सम्बोधन गर्ने क्रममा यो विषयका सबै रिट संवैधानिक इजलासमा रहेका कारणले त्यसो भन्न नमिल्ने बताएका हुन्। त्यसो भनिए सर्वोच्च अदालतको मानाहानी हुने बताएका उनले अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना भए पनि त्यसलाई असंवैधानिक भन्न नमिल्ने बताए।

उनले नेकपाको कुनै पनि समूहमा नरहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने काम गलत भएको बताए। यस्तै प्रतिनिधि सभा विघटन पनि गलत भएको उनको ठहर छ।

नेकपा गठनका क्रममा सर्वोच्च अदालतमा ऋषि कट्टेलले सर्वोच्च अदालतमा आफ्नो पार्टीको नाम विरुद्ध नै मुद्दा दायर गरेको स्मरण गर्दै उनले भने,‘अहिले यो मुद्दा विचाराधिन छ। यदि यो फैसला कट्टेलका पक्षमा गयो भने, हाम्रो पार्टी के होला? एउटा एमाले होला अर्को नेकपा माओवादी केन्द्र होला।’

प्रतिक्रिया