ललितपुरमा चिरीबाबु फराकिलो मतान्तरसहित अगाडि


काठमाडाैं – ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन र उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्य फराकिलो मतान्तरसहित अगाडि बढिरेहका छन् ।

ललितपुर महानगरमा ९ हजार ७८० मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबुले ५ हजार ६२६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेको उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २ हजार ७९ मत पाए । व्यञ्जनकारसँग चिरिबाबुको मत अन्तर ३५ सय ४७ रहेको छ ।

मेयरमा राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले ५५२ मत मात्रै पाएका छन् । महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्यले २५ सय ५२ मत पाएर अग्रता लिइरहेकी छन् ।

उनलाई माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ सय ४८ मत पाएर पछ्याउँदै छन् । उपमेयरमा राप्रकाका स्वर्निमा शाक्यले भने ९२९ मत मात्रै पाएका छन् ।

प्रतिक्रिया