काठमाडाैंमा अग्रता बढाउँदै बालेन शाह


काठमाडाैं – काठमाडाैं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३ हजार २ सय ५३ मतकाे अग्रता लिइरहेका छन् । हालसम्मकाे गणनामा शाहले ६ हजार ९ सय ७८ मतसहित अग्रता कायमै राखेका हुन् ।

नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय २५ मत पाएका छन्। गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार २ सय ५५ मत पाएकी छन् ।

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगाेलले फराकिलाे अग्रता बनाएकी छिन् । अहिलेसम्मकाे गणनामा डंगाेलले ७ हजार १ सय ६४ मत प्राप्त गर्दै अग्रता लिएकी हुन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया