
बारपाक सुलिकोटको अध्यक्षमा माओवादी केन्द्रबाट बिष्णु भट्ट निर्वाचित
गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ निर्वाचत भएका हुन् ।
भट्टले पाँच हजार ७१९ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर घलेले चार हजार ८६४ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा निर्वाचित गुरुङले पाँच हजार ७६५ र प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार लेखमाया रानाले चार हजार ५७५ मत प्राप्त गरेकी छन् ।
भट्ट र गुरुङ पुनः दोस्रो कार्यकालको लागि अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन् । उक्त पालिकामा कुल १३ हजार ९३ मत खसेको थियो । ६ सय २८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



कागजपत्र |
