धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार हमाल नै अगाडि


धनगढी– धनगढी उपमहानगरपालिकामा ७४७० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३३२९ मतका साथ अग्रता लिइरहेका छन्।

सोमबार बिहान साढे ६ बजेसम्मको मतपरिणाम हेर्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १८३७ र एमालेका रणबहादुर चन्दले ७७३ मत पाएका छन्। यता काठमाडौँमा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले नै अग्रता कायम राखिरहेका छन्।

प्रतिक्रिया