काठमाडौंमा बालेनको फराकिलो मतान्तर, स्थापित १६ सय ७६ मत पछि


काठमाडाैं – काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ३५ सय ३२ मत ल्याएर फराकिलो अन्तर कायम राखेका छन् ।

उनका प्रतिस्पर्धि एमालेका केशव स्थापितले १८ सय ५६ मत ल्याएका छन् । आइतबार साँझ ५ बजेसम्मकाे गणना अनुसार स्थापित बालेनभन्दा १६ सय ७६ मत पछि छन् ।

यस्तै पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले १६ सय ६८ मत ल्याएकी छन् ।

प्रतिक्रिया