देउवाकै वडामा कांग्रेस उम्मेदवार पराजित, कर्ण मल्ल पक्षका भण्डारी निर्वाचित


डडेलधुरा – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेस उम्मेदवार पराजित भएका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले यही वडामा पुगेर मतदान गरेका थिए । डडेलधुरामा पुर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले देउवासँग असन्तुष्टि जनाउँदै नेकपा एमालेसँग तालमेल गरेर कांग्रेस बीपीको चुनाव चिन्हमार्फत् उम्मेदवारी दिएको छ ।

अधिकांश समय काठमाडौंमा बस्ने उनलाई देउवाले वडाध्यक्षको उम्मेदवार बनाएका थिए । भण्डारी भने गाउँकै स्थानीय हुन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया