मतगणना तयारी भइरहँदा बाजुरामा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप, १२ राउन्ड हवाई फायर


धनगढी – बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भइरहेको छ । दुवैतर्फबाट ढुंगामुढा प्रहार भइरहेको छ ।

प्रहरीले १२ राउन्ड हवाई फायर फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए ।

सशस्त्र प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास सफल भइरहेको छैन ।

प्रतिक्रिया