

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको अग्रता

कैलाली – धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् ।
एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् ।
२१ मत बदर भएको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले अग्रता कायम गरेकी छन् ।

