

काठमाडौं महानगर अपडेट : १५ सय मत गन्दा बालेनले पाए ५६८ मत

काठमाडौं – काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् ।
उनले अहिलेसम्म १५ सय मत गणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।
जसमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् ।
काँग्रेस उम्मेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।

