जनकपुरधाममा मतगणना जारी, कांग्रेसका बागी उम्मेदवारको अग्रता


जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसबाट राजीनामा दिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहको मतान्तर बढ्दै गएको छ ।

वडा नम्बर १ को ७ सय ८० वटा मतको गणना गर्दा साहले २ सय ५९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’ ले १ सय ५ मत ल्याएका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ६१ मत प्राप्त गरेका छन् ।

यस्तै उप मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साहले अग्रता लिएकी छन् ।

उनले ३ सय मत प्राप्त गर्दा एमालेकी रुना झाले १ सय ३५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया