केपी ओली भनेका ‘राजनीतिक क्यान्सर’ हुन्: पूर्वप्रधानमन्त्री भट्टराई


काठमाडौं – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई क्यान्सरको संज्ञा दिएका छन् ।

राजधानीमा बुधबार भएको एक कार्यक्रममा डा. भट्टराईले वर्तमान राजनीतिक घटनाक्रमका बारेमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्रीको कदमका बारेमा सर्वोच्चसँग आशा मात्र गर्न सकिने बताएका छन् । उनले भने, ‘सर्वोच्चसँग आशा त गरौं तर भर चाहिँ नपरौं ।’

डा. भट्टराईले नेकपाका प्रचण्ड–नेपाल पक्षलाई पनि स्पष्ट भएर अगाडि बढ्न सुझाएका छन् । उनले सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली भनेका राजनीतिक क्यान्सर हुन्, त्यसैले उनैलाई पुनः अगाडि लिएर जाने वा नजाने भन्ने बिषयमा नेकपा एवं हामी सबैले सोच्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया