देशभर २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन : गृह मन्त्रालय


काठमाडौं – यही वैशाख ३० गते हुने स्थानीय चुनावका लागि करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस्था र निर्वाचन व्यवस्थापन कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको हो ।

‘लोकतन्त्रको सफल अभ्यास गरी सही रुपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफुमा निहित राजनैतिक अधिकार स्वरुप प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रुपले हुनु आवश्यक छ,’ गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया