सुनको मुल्य आजपनि बढ्यो, प्रतितोला ९६,७०० रुपैयाँमा कारोबार


काठमाडौं – बुधबार सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेको छ । हिजो (मंगलबार) एकै दिन तोलामा ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज ३०० रुपैसयाले बढको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य प्रतितोलाको ९६ हजार ७ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९६ हजार ४ सय रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मुल्य पनि बढेर तोलाको ९६ हजार दुई सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार ९ सय रुपैयाँ थियो ।

चाँदीको मुल्उ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ४० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया