
आईजी नियुक्ति प्रकरणः सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, धिरजप्रतापलाई काम गर्ने बाटो खुल्यो
काठमाडौं – प्रहरी महानिरीक्षक (आईजी) विवाद प्रकरणमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दिएको रिटमा आईजी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।
न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको छ । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि आगामी जेठ १७ गते अर्को पेसी तोकेको छ ।
अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।



कागजपत्र |
