आईजी नियुक्ति विवादमा पोखरेलको रिट माथेमाको इजलासमा


काठमाडौं – नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दिएको रिटको सुनुवाई आज हुँदैछ । रिटमा सुनुवाईका लागि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा हुने जनाइएको छ । उक्त मुद्दा आज सुनुवाई हुने सूचीमा चौथो नम्बरमा परेको छ ।

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भई पोखरेल सर्वोच्च गएका थिए ।

पोखरेलले प्रधानमन्त्री एवं मन्त्रीपरिषद्को कार्यालयसमेत चारलाई विपक्षी बनाई गत सोमबार रिट दायर गरेका थिए । सरकारले नेपाल प्रहरीको आईजीमा सिंहलाई कार्यसम्पादन र परिपक्वताको हिसाबबाट नियुक्त गरिएको जनाएको छ । नेपाल प्रहरीका चार एआईजीमध्येबाट मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी बनाएको हो ।

नेपाल प्रहरीमा आईजीका लागि सिंहसँगै सहकुल थापा, रविन्द्र धानुक र विश्वराज पोखरेल दाबेदार रहे पनि सरकारले सिंहलाई आईजी नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया