बिरालोलाई लात हान्दा १० वर्ष कारवासको सजाय !


ग्रीस। स्थान–एभिया टापुको समुद्री किनारको रेस्टुरेन्ट । ‘तीन जना रेस्टुरेन्ट डिनर गरिरहेका हुन्छन् । यसैबेला बिरालोका दुई साना बच्चा उनीहरूतर्फ आउँछन् । खाना खाइरहेकामध्ये एकले तिनीहरूलाई माछा देखाउँदै लोभ्याउँछन् । बिरालोका बच्चा झनै नजिक आउँछन् । यत्तिकैमा एक व्यक्तिले बिरालोको एउटा बच्चालाई लात्तीले हिर्काएर समुद्रमा खसाल्छन् ।’

यो हृदयविदारक दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि बिरालोलाई लात्ती प्रहार गर्ने एक पुरुष प्रहरीको फन्दामा परेका छन् ।

यो हर्कत देखेर महिला हासेका आवाज सुन्दा उनीहरूले मजाक गरेजस्तो लाग्छ । तर, ती पुरुषविरुद्ध जनावरलाई उत्पीडन गरेको मुद्दा चलाइए दस वर्ष कारावास र अधिकतम ५० हजार युरो जरिमाना हुन सक्छ ।

समुद्रमा डुबेको बिरालोलाई केही स्थानीय व्यक्तिले तत्काल पशुचिकित्सककहाँ लगेका थिए । परीक्षणपछि बिरालोलाई खासै चोट नलागेको पाइयो ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियो फुटेज हेरेर सबैले आक्रोश व्यक्त गर्न थालेपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिकाे नाम खुलाइएकाे छैन ।ग्रीस प्रहरीले जनावर विरुद्धको ज्यादती अस्वीकार्य हुने बताएको छ ।

प्रतिक्रिया