
७ सय ८९ ग्राम सुन जस्तो देखिने धातुका गहना सहित बाँकेबाट एक जना पक्राउ
बाँके – प्रहरीले खजुरा गाउँपालिका(२ एल गाउँ सुबेदी चोकबाट करिब ७ सय ८९ ग्राम ३ मिलिग्राम सुनजस्तो देखिने पेहेंलो पदार्थले बनेको विभिन्न गहना सहित एक जनालाई पक्राउ गरेको छ ।
बझाङ जयपृथ्वी नगरपालिका-१ पिमी बस्ने २८ वर्षीय अशोक बहादुर सिंहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । शंकास्पद तरिकाले हिँडडुल गरिरहेका उनलाई प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गहना सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
