

भारतमा ताप लहर घट्दै, केही दिनमा वर्षा हुने

भारतमा यस वर्ष अत्यधिक गर्मी बढेको छ । लाखौं मानिसहरू गर्मीको जोखिममा रहेका वैज्ञानिकहरूले चेतावनी दिएका छन । बढ्दो गर्मीलाई जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ ।
अप्रिलमा देशका धेरै भागहरूमा उच्चतम औसत तापक्रम रेकर्ड गरिएको छ । अधिक गर्मी मेसम्म रहने अनुमान गरिएको छ ।
उत्तरपश्चिम र मध्य भारतमा अप्रिलमा क्रमशः ३५ दशमलब ९ र ३७ दशमलब ७८ सेल्सियस औसत अधिकतम तापक्रम रेकर्ड गरेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।

