झापामा दुई सदस्य निर्विरोध


झापा – झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेकपा (एमाले)बाट उम्मेदवार बएकी मेचीनगर नगरपालिका-११ का रञ्जिता नेपाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी नेपाली कांग्रेसबाट कचनकवल गाउँपालिका–४ की दलित महिला वडा सदस्य विजली दास निर्विरोध निर्वाचित भएका छन् । दुवै जनाका प्रत्यासी उम्मेदवार नभएका कारण निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।

प्रतिक्रिया