
५ लाख घुस सहित पक्राउ परेका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनुषाका कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत)सुनिल कुमार झाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुससहित भ्रष्टाचार गरेको आरोपमा सुनिलकुमार झाविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले अधिकृत झालाई सेवाग्राहीबाट ५,००,००० घुस लिइसकेको अवस्थामा मिति २०७८/१२/२८ गते नियन्त्रणमा लिएको थियो ।
अख्तियारले दायर गरेको आरोप पत्रमा लेखा अधिकृत झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख लिएको पुष्टि हुन आएको उल्लेख छ ।



कागजपत्र |
