

बेलायतमा फेरी देशव्यापी लकडाउनको घोषणा

काठमाडौँ – कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने गरी लकडाउन घोषणा गरिएको छ ।
उनले कोरोना भाइरस संक्रमणदर उच्च रहेको भन्दै लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको छ हामीले अझै धेरै मेहनत गर्नु पर्ने भएको छ । त्यसैले देशव्यापी लकडाउन लागु गर्नु पर्यो ।’ उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन उनले अपिल गरे ।
बेलायतले कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड(एस्ट्राजेनेका लगाउन आरम्भ गरिसकेको छ । देशभर स्थापना गरिएका खोप केन्द्रहरुबाट पाँच लाख भन्दा बढी खोप दिइने बेलायत सरकारले जनाएको छ ।

