

पृथ्वी जयन्ती मनाउन मनिषा कोइराला र रमेश खरेलको पत्रकार सम्मेलन

काठमाडौं – नेपालकी छोरी बलिउड अभिनेत्री मनिषा कोइरालाले पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती मनाउनका लागि आह्वान गरेकी छिन् । आगामी पुस २७ गते पृथ्वी जयन्ती भव्य रूपमा मनाउन कोइरालासहित पूर्वडिआइजी रमेश खरेल र भरत बस्नेतले संयुक्त रुपमा आह्वान गरेका हुन् ।
नेपाली राजनीतिकी केन्द्रबिन्दु कोइराला परिवारकी सदस्य कोइरालाले पूर्वडिआईजी खरेलले चलाइरहेको हाम्रो नेपाल र सुशासन अभियानमा ऐक्यवद्धता जनाउँदै पृथ्वी जयन्ती मनाउनका लागि जानकारी दिने उद्देश्यले आयोजना गरिन लागेको पत्रकार सम्मेलनमा सहभागी हुने भएकी छिन् ।
पृथ्वी जयन्ती मनाउनका लागि मंगलबार दिउँसो एक पत्रकार सम्मेलन गरिन लागेको उल्लेख गरिएको छ ।
गणतन्त्र आउनुअघि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्थ्यो भने सरकारले सार्वजनिक विदा दिने गरेको थियो।

