भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु ,एक जना घाइते


काठमाडौं – भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा४ख ८५८१ नम्बरको टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा। प्र.०२-०२३ प ७७६९ नम्बरको स्कुटर सोमबार राति करिब साढे १२ बजेतिर ठोक्किएका थिए ।

उक्त दुर्घटनामा स्कुटर चालक, काभ्रेको बेथानचोक गाउँपालिका(६ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका९३ झौखेल ठकुरी गाउँमा बस्दै आएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको छ ।

उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति १ बजेर १९ मिनेटमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा स्कुटर पछाडि बसेका म्याग्दीको बेनी नगरपालिका-४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका(३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया