आईपीएल क्रिकेट : चेन्नईमाथि पन्जाबको जित


काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किंग्स विजयी भएको छ। सोमबार राति वानखेडे स्टेडियममा साविक विजेता चेन्नई सुपर किंग्सलाई ११ रनले पराजित गर्दै पन्जाब विजयी भएको हो।

पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो।चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए। यस्तै रुतुराज गायकवाडले ३० रन र कप्तान रवीन्द्र जडेजाले २१ रन जोडे।

पन्जाबका कागिसो राबडा र ऋषि धवनले समान २/२ विकेट लिए।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले ४ विकेटको क्षतिमा १८७ रनको योगफल तयार पारेको थियो।

पन्जाबका लागि शिखर धवनले अविजित ८८ रन बनाए। यही खेलबाट धवनले आफ्नो करियरको ६ हजार रन पूरा गरे। भानुका राजपाक्षेले ४२ रन र लियाम लिभिङस्टोनले १९ रन जोडे।चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए।

प्रतिक्रिया