जुम्लामा पनि टुट्यो गठबन्धन, दलहरु एक्ला-एक्लै चुनाव लड्ने


जुम्ला – कर्णालीमा पालिका चुनावमा सत्ता साझेदार दलहरुबीच आठ जिल्लामा भागबन्डा मिले पनि जुम्लामा भने गठबन्धन टुटेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन गरेर जाने केन्द्र तथा प्रदेशको निर्देशन भए पनि जुम्लामा गठबन्धन टुटेको हो ।

नेकपा (माओवादी केन्द्र) जुम्लाका संयोजक वीरबहादुर कुँवरले कर्णाली प्रदेशस्तरमा भएको पाँच दलीय गठबन्धनको निर्णय आफूले स्वीकार गरेको तर तर कांग्रेस र एकीकृत समाजवादीले नमानेको बताए ।

नेकपा (एकीकृत समाजवादी) का जुम्ला अध्यक्ष तीर्थबहादुर बुढाले यसअघि नै आफ्नो पार्टी गठबन्धनबाट बाहिरिएको हुँदा आफ्नो कुनै सरोकार नभएको जानकारी दिए ।

नेपाली कांग्रेसका जुम्ला सभापति कर्णबहादुर शाहीले गठबन्धन टुटेपछि आफ्नो पार्टी पनि चुनाव एक्लै लड्ने जानकारी दिए ।

प्रतिक्रिया