पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण, मृत्यु शुन्य


काठमाडौं – पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १४४ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १११ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर २६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

जसमध्ये २६७ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख १८ हजार ९२४ पुगेको छ ।

यो सँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५२३ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया