


काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको उम्मेदवारी दर्ता

काठमाडौं – काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन् ।
आज (आइतबार) मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताएका छन् ।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ।

