

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले ११ बजेदेखि बस्दैछ । यसअघि हिजो दिउँसो २ बजे बस्ने भनिएको बैठक सरेर आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्ने गरी सारिएको हो ।
हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पटक पटक बैठकमा बस्नु परेका कारण सम्भव हुन सकेको थिएन । आजको बैठकमा स्थानीय तह निर्वाचनको महानगरपालिकाका मेयरका उम्मेदवारको टुङ्गो लगाउने छ ।
सहमहामन्त्री बद्री पाण्डेका अनुसार कांग्रेसको भागमा परेका तीन महानगरका मेयरका उम्मेदवारको टुङ्गो यो बैठकले लगाउने छ । सत्ता गठबन्धनबीचको सहमतिअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयरमा उम्मेदवारी दिनेछ । त्यस्तै बाँकी महानगरमा उपमेयरमा उम्मेदवारी दिनेछ ।

