गोरखाको फुजेलमा महिलामाथि जबरजस्तीकरणीको प्रयास, जनप्रतिनिधि नै पीडकलाई बचाउन सक्रिय


काठमाडौँ– गोरखामा एक महिलामाथि जबरजस्ती करणीको प्रयास भएको छ। गण्डकी गाउँपालिका–३ की एक महिलामाथि वैशाख ५ गते राति ११ बजे घरमा एक्लै भएको बेलामा प्रवेश गरी जबरजस्ती करणीको प्रयास गरेको हो । पीडित महिलाले अहिलेसम्म न्याय नपाएको र दोषीलाई कारबाही नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। जबरजस्ती करणीको प्रयास गरेको समयमा महिला चिच्याएर कराएपछि पीडक भागेको स्थानीयले बताएका छन्।

उक्त घटनाकी पीडितलाई न्याय दिनुको सट्टा जनप्रतिनिधि वडा अध्यक्ष नवराज श्रेष्ठ, वडा सदस्य दण्डपानी पन्तलगायत भने पीडकलाई नै बचाउन सक्रिय छन्। उक्त घटनामा संलग्न रहेको भनेर स्थानीयले सोही गाउँका एक युवालाई आरोप लगाएका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाले पनि घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

वडाअध्यक्षसहितका जनप्रतिनिधिले पीडक नेपाली कांग्रेसनिकटको भएको भन्दै बचाउन प्रयास गरेको स्थानीयको आरोप छ। स्थानीयले भने संकाको घेराभित्र रहेका पुरुषले नै घटना घटाएको र कारबाहीको माग गरेका छन्। पीडित महिलाको एकल महिला हुन साथै उनको घरमा अहिलेसम्म पनि बिजुलीबत्ती पनि छैन। उनी टुकी बत्तिकै भरमा गुजारा चलाउँदै आएकी छन्।

प्रतिक्रिया