कैलालीमा खोलामा डुबेर युवकको मृत्यु


कैलाली- कैलालीमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। चिप्लिएर खोलामा खस्दा कञ्चनपुरको भीमदत्त नगरपालिका(८ तिलाचौरका २५ वर्षीय विजय भट्टको मृत्यु भएको हो।

शुक्रबार गोदावरी नगरपालिका१२ ओलानीस्थित मछली खोलामा एक्कासि चिप्लिई पानीमा डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया