
आमा ! भन्दै विप्लवपुत्र प्रकाशले भेटे मुम्बई लैजानुअघि प्रचण्डपत्नी
काठमाडौं – अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोराले पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीलाई भेटेका छन् ।
थप उपचारका लागि भारतको मुम्बई लैजाने कार्यक्रम तयभएसँगै विप्लवपुत्र प्रकाशले सोमबार बिहान सीतालाई भेट्न खुमलटार पुगेको जनाइएको छ ।
दाहाललाई भेटेसँगै डाक्टर समेत रहेका विप्लवपुत्र प्रकाशले स्वास्थ्यसम्बन्धी केही सुझावका साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेको जनाइएको छ ।
प्रकाशले दाहाललाई आमा भनेर सम्बोधन गर्दै गर्दा, सीताको गहभरि आँशु भरिएको पनि भेटपछि सार्वजनिक तस्बिरमा देखिएकोछ ।
प्रकाशले भेटेलगत्तै सीतालाई मुम्बई लगिएको छ । सीतासँगै प्रचण्डका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि उपचारका लागि भारततर्फ सँगै गएका छन् ।




कागजपत्र |
