नेपालको ब्यापार घाटा १३ खर्ब नाघ्यो


काठमाडौँ – चालु आर्थिक वर्षको ९ महिनामा नेपालको  मुलुकको ब्यापार घाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म मुलुकको ब्यापार घाटा १३ खर्ब ६ अर्ब नाघेको हो ।

यो ब्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।

साउनदेखि चैत मसान्तसम्म नेपालले कुल १४ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । जबकि गत वर्षको यसै अवधिमा जम्मा ११ खर्ब ११ अर्बको वस्तु आयात भएको थियो । समीक्षा अवधिमा आयात ३ खर्ब ५५ अर्बले बढी हो ।

आयात एक वर्षको समीक्षा अवधिमा करिब ३२ प्रतिशतले बढेको छ । बैंकहरुले गाडी, सुन लगायत विलासी वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्ने कार्य बन्द गरेपनि तथ्यांकमा त्यसको प्रभावकारिता अझै देखिएको छैन ।

त्यस्तै साउनदेखि चैतसम्म १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ । गत वर्ष यस अवधिमा ९४ अर्ब रुपैयाँको सामान निर्यात भएको थियो ।

प्रतिक्रिया