काठमाडौंको मेयर उम्मेदवारमा कांग्रेसले आफूहरुको नाम सिफारिस नगरेको भन्दै विरोध


काठमाडौं – नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आफूहरुको नाम मेयरको लागि सिफारिस नगरेको भन्दै आकांक्षीहरुले विरोध जनाएका छन् ।

महानगर समितिले बिहीबार कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंह, नगर सभापति निलकाजी शाक्य, प्रगतीमान रञ्जित र हरिप्रभा खड्गीको नाम सिफारिस गरेको थियो ।

सिफारिसमा नपरेका बाबुराम आचार्य र सागर भट्टराईले संयुक्त विज्ञप्ति निकालेर आफूहरुलाई सिफारिस नगरिएको भन्दै विरोध जनाएका हुन् । काठमाडौंको मेयरका आकांक्षीहरु सबैसँग छलफल गरेरमात्र पुनः नाम सिफारिस गर्न उनीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया