नेपाली क्रिकेट टिमको लागि घोषणा


काठमाडौं –  नेपाल क्रिकेट संघ क्यानले जिम्बाबेविरुद्धको एकदिवसीय र टी–२० शृंखलाका लागि शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको छ ।

यू–१९ टोलीका अलराउण्डर बसिर अहमदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । टोलीमा ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर भने परेका छैनन् । घोषित सुनिल धमला र विनोद भण्डारीले पनि टिममा पुनरागमन गरेका छन् ।

नेपाल र जिम्बाबे ए टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेल हुनेछ । १७ वैशाखदेखि एकदिवसीय शृंखला सुरु हुनेछ । पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो खेल २१ गते हुनेछ ।

यस्तै टी–२० शृंखलाको पहिलो खेल २३ गते दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ । जिम्बाबे एले नेपाल भ्रमणका लागि बिहीबार टोली घोषणा गरिसकेको छ । जिम्बाबे ए टोली अप्रिल २८ मा नेपाल आउनेछ ।

प्रतिक्रिया