चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ


जाजरकोट- जाजरकोटको नलगाड नगरपालिका १ का वडाध्यक्ष हिरालाल पुन मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन्। चोरिएको लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकलसहित अध्यक्ष पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पुनलाई जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ। वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाइरहेका भए पनि ब्लुबुकलगायत कुनै पनि कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया