आजदेखि एसईई परीक्षा, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै


काठमाडाैँ- शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट (शुक्रबार) सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दे आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो।

यस वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्।नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ।

प्रतिक्रिया