स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ


काठमाडौँ – स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।

कपिलवस्तुबाट निजी गाडीमा काठमाडौँ आउँदै गरेका ३० वर्षीय अमितकुमार थापाको साथबाट १ करोड ४७ लाख रुपैयाँ बरामद भएको प्रहरीले जाएको छ । उनीहरुलाई सवारी जाँच गर्ने क्रममा आज बिहान चार बजेतिर पक्राउ गरेको हो ।

थापासहित गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ । यस घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने नेपाल प्रहरीको तयारी छ ।

प्रतिक्रिया