

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पाँच सय उपप्राध्यापकको पदपूर्ति गर्ने भएको छ ।
स्रोतका अनुसार एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गरिने छ ।
यस्तै उपप्राध्यापकको खुला प्रतियोगिताको सुरुवातसँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुल्ने भएको छ ।
अब विश्वविद्यालयको रिक्त दरबन्दीका आधारमा हरेक वर्ष खुला प्रतिस्पर्धाका आधारमा विज्ञापन गरिने भएको जनाइएको छ ।

