

पत्नी सीताको थप उपचारका लागि भारत जादैँ प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको थप उपचारका लागि भारत जान लागेका हुन् ।
लामोसयदेखि विरामी रहेका पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

