२८ जना प्रहरी कर्मचारीहरुलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान


काठमाडौं – प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २८ जना प्रहरी कर्मचारीहरुलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित प्रथम समूह अन्तर्गत मंगलबार उक्त तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले दक्ष कुशल दमकल, वाटरक्यानन् चालक तथा अपरेटर उत्पादन गरी संगठनले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न तालिम सहयोगी हुने बताए । नेपाल प्रहरी संगठनलाई आवश्यक पर्ने दक्ष दमकल तथा वाटरक्यानन् चालक तथा अप्रेटरहरुको कमिलाई परिपूर्ति गर्नका लागि उक्त तालिम गराईएकोले प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्यक्षेत्रमा जिम्मेवारी पूर्वक उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत चैत १५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार ३ जना, प्रहरी हवल्दार ७ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान ८ जना गरी कुल २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

 

 

प्रतिक्रिया