
काभ्रेमा चट्याङ लागेर किशोरीको मृत्यु, दुई जना घाइते
काठमाडाैँ- काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्। महाभारत गाउँपालिका–७ स्थित केराबारीमा मंगलबार साँझ चट्याङ लाग्दा स्थानीय डिलबहादुर मोक्तानकी छोरी १६ वर्षीया कान्छीमाया मोक्तानको मृत्यु भएको हो।
घट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवानले जानकारी दिए। हावाहुरीसहित पानी परिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको हो। चट्याङ लागेर मृतक किशोरीकी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
चट्याङ लागेर उनीहरुको एउटा भैँसी समेत मरेको छ। चट्याङका कारण घरभित्र ठूलो खाडलसमेत बनेको छ। चट्याङले घरमासमेत ठूलो क्षति पुगेको छ।



कागजपत्र |
